राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै ७ लाख बढीको आवेदन

४ फाल्गुन २०७८, बुधबार १९:३६

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै २८ हजार बढीको आवेदन परेको छ । आज कम्पनीको आइपीऋोमा २८ हजार १९३ जना सर्वसाधारणले आवेदन दिएका छन् ।
आज साँझ ५ः५६ बजेसम्म कुल ८६ लाख ८६ हजार ४९० कित्ताका लागि आवेदन परेको हो । लघुवित्तले कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ ।

यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५५ कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*