महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी बचत वृद्धि खाता’ सार्वजनिक, ५ लाखको दुर्घटनाबीमा सुविधा

५ फाल्गुन २०७८, बिहीबार ०६:२९

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रुपैयाँमै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’ मा दैनिक मौज्दातमा ८ दशमलव ५५ प्रतिशत ब्याज गणना गरी मासिक रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ। यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकको रु. ५ लाखको दुर्घटना मृत्यु बीमा गरिनेछ।

यस आकर्षक बचत योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर, सि–आस्बा तथा निःशुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधा प्राप्त गर्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*