धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने
४ फाल्गुन २०७८, बुधबार १८:२९
काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गर्न लागेको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ ।संस्थाले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
धौलागिरी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ ।