आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

४ फाल्गुन २०७८, बुधबार १५:२१

काठमाडौं । हिजो हरियाली छाएको नेप्सेमा आज फेरी राताम्य भएको छ । नेप्से आज १९.८४ अकंले घटेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच भएको छ । नेप्से घट्दा कारोबार समेत ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा सिमित भएको हो ।

आज कारोबार ३ अर्बमा सिमित हुदाँ केही कम्पनीको शेयर राताम्य भएका छन् । बुधबार सर्वाधिक गुमाउने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ । कम्पनीको आज ५.६९ प्रतिशतले घटेको हो ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ५ प्रतिशत, सिंगटी हाइड्रो इर्नजीको ४.६९ प्रतिशत, सिइडिबि हाइड्रोपावरको ४.०३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.८५ प्रतिशत, कालिका पावरको ३.८३ प्रतिशत, घलेम्दी हाइड्रोको ३.७१ प्रतिशत र यूनियन मोदी हाइड्रोपावरको ३.५९ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*