नेप्से १९ अंकले घट्दा ३ अर्बमा खुम्चियो कारोबार, २ उपसूचकमा छायो हरियाली
४ फाल्गुन २०७८, बुधबार १५:०६
काठमाडौं । साताको चौथौ दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेको छ ।
यस साताको पहिलो दिन नै झण्डै सय अंकले घटेको शेयर बजार त्यसपछि क्रमिक रुपमा केही सुधार आएतापनि आज फेरी शुन्य दशमलव ७२ प्रतिशतले घट्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समुह राताम्य भएका छन् । आज जीवन बीमा समूहको २०.६६ रुपैयाँ र अन्य समूहमा १०.२ रुपैयाँले बढेर हरियाली छाएको छ ।