इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न, ५१ हजारले पाए १० कित्ता, २३ लाख ६४ हजारको हात रित्तो

४ फाल्गुन २०७८, बुधबार १५:५२

काठमाडौं ।  इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न भएको छ । नतिजा भने केही समयपछि सार्वजनिक हुने कम्पनीको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार भाग्यमानी ५१ हजार ६६२ जनाले १० कित्ता तथा ८ जनाले ११ कित्ता सेयर गोलाप्रथाबाट पाएका छन् ।

कम्पनीलेमाघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि खुला गरेको थियो ।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ ।

गोलाप्रथाद्वारा योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले शेयर पाएका छन् । २३ लाख ६४ हजार भन्दा बढीको हात खाली भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*