एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने समझदारी
काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने पत्रमा हस्ताक्षर गरेको हो ।
रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने जनाएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको उक्त आयोजना रेमिट हाइड्रोद्घारा प्रवद्र्ति आयोजना हो ।
घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहेको छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।