हिमालयन रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट बीबी प्लस रेटिङ

५ फाल्गुन २०७८, बिहीबार ०६:२३

काठमाडौं । हिमालय रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट डबफ बी+ रेटिङ मूल्यांकन पाएको छ । कम्पनीलाई एमबेष्टबाट समग्रमा बि र दीर्घकालिनमा बीबी प्लस रेटिंङ प्रदान गरेको हाे ।
रेटिङ एजेन्सीले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बि’ फेयर र दीर्घकालीन शेयरजारीकर्ता कम्पनीको रूपमा ‘डलब बि प्लस’ ‘फेयर’ क्रेडिट रेटिङ प्रदान गरेको छ।

अन्तराष्ट्रिय रेटिङ एजेन्सीका अनुसार यो हालका लागि स्थिर रुपमा प्रदान गरिएको हो। यसले हिमालयन रिइन्सुरेन्सलाई आर्थिक रुपमा सबल र बलियोरूपमा रहेको जनाउदछ ।
एम बेष्टले हिमालयन रिले पूँजीको ठूलो हिस्सा मुद्दती निक्षेपमा र बाँकी रकम सुनिश्चित अय प्राप्त हुने सुरक्षणहरूमा लगानी गरेर न्यून जोखिमयुक्त लगानी कायम राख्ने अनुमान गरेको छ।

हिमालयन रिले बीमा समितिबाट गत वर्ष असारमा संचालन इजाजत प्राप्त गरेर कारोबार संचालन गरिसकेकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*