कुमारी र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसको कति ?

४ फाल्गुन २०७८, बुधबार १०:५२

काठमाडौं । दुई बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लुम्बिनी विकास बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर र कुमारी बैंकका संस्थापक शेयरधनी नमिता श्रेष्ठले आफ्नो नाममा रहेको १० हजार ७९६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सम्बन्धित संचालक समितिले बिक्री प्रक्रिया आघि बढाएको हो ।

उक्त शेयरहरु खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सम्पूर्ण विवरण खुलाई लुम्बिनी विकास बैंकको हकमा मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा र कुमारी बैंकको हकमा बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल–२ बाट आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयरहरु अन्य ब्यक्ति तथा संघ।सस्थालाई बिक्री प्रक्रिया अघि बढाउने दुई बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*