नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरद्धारा राजिनामा

३ फाल्गुन २०७८, मंगलवार १९:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आज राजिनामा दिएका छन् । मार्केटिङमा दख्खल राख्ने आलेमगरको राजिनामा स्वीकृत हुन भने बाँकी छ । नेपाल लाइफमा चार वर्षभन्दा लामो समयदेखि कार्यरत आलेमगरले राजिनामा दिएका हुन् ।

एलआईसी नेपालमा लामो समय काम गरेर नेपाल लाइफमा प्रवेश गरेका मगर मार्केटिङमा निकै प्रभावकारी व्यक्तित्व मानिन्छन् । ओखलढुंगाका आलेमगर जीवन बीमाको पहुँच बृद्धि र दायरा फराकिलो बनाउने कार्य नेपाल लाइफमा रहँदा योगदान पुर्याएका थिए । उनी जीवन बीमा क्षेत्रमा नयाँ प्रयोग गर्ने उदाउँदो ताराका रुपमा परिचित छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*