महिला लघुवित्त सहित चार कम्पनीको बोनस शेयर सूचिकृत
३ फाल्गुन २०७८, मंगलवार १५:४७
काठमाडौं । महिला लघुवित्त सहित ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । महिला लघुवित्त, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र नेपाल इन्भेष्टमेण्ट बैंको बोनस शेयर सूचिकृत भएको हो ।
महिला लघुवित्तको ४ लाख ७५ हजार, सिभिल लघुवित्तको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता, मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता र नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता बोनस सूचिकृत भएको हो ।
४ वटै कम्पनीले वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर सूचिकृत गराएको हो । उक्त बोनस शेयर हितग्राही खातामा आए पश्चात मात्र लगानीकर्ताहरुले खरिदबिक्री गर्ने पाउनेछन् ।