नेप्सेमा हरियाली छाउँदा म्युचुअल फण्डका इकाईधनीहरुले गुमाए

३ फाल्गुन २०७८, मंगलवार १५:२२

काठमाडौं । साताको तेस्रो दिन नेप्से ५३.३० अकंले वृद्धि भएको छ । साताको पहिलो दिन राताम्य भएको नेप्से हिजो भने झिनो अकंले बढेको हो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा हरियाली छाउदा समेत कारोबार भने ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्सेमा हरियाली छाउँदा कारोबार समेत खुम्चिएको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा एनआईसी एशिया ब्यालेन्स्ड फण्डको रहेको छ । फण्डको ३.१४ प्रतिशतले घटेको हो ।

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको १.८६ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको १.५३ प्रतिशत, एनआइबिएल समृद्धि फण्डको १.४० प्रतिशत र स्वाभिमान लघुवित्तको १.२६ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*