न्यादी हाइड्रोपावरको शेयरमा सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए
३ फाल्गुन २०७८, मंगलवार १५:२०
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । साताको दोस्रो दिन ०.०८ प्रतिशतले बढेको नेप्से साताको तेस्रो दिनमा भने ५३.३० अकंले बढेको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा हरियाली छाउदा समेत कारोबार भने ३ अर्बमा खुम्चिएको छ । नेप्सेमा हरियाली छाउँदा न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, तेह्रथुम पावरको ८.७० प्रतिशत, हिमालयन उर्जा विकासको ७.७५ प्रतिशत, कालिका पावरको ७.६५ प्रतिशत, छाङदी हाइड्रोपावरको ७.६१ प्रतिशत, सिर्नजी पावरको ७.४८ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको ६.७३ प्रतिशतले बढेको हो ।