५३ अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली छाएपनि ३ अर्बमा खुम्चियो कारोबार

३ फाल्गुन २०७८, मंगलवार १५:१६

काठमाडौं । साताको पहिलो दिन नै ९७ अंकले गिरावट आएको शेयर बजारमा मंगलबारसम्ममा केही सुधार देखिएको छ । सोमबार झिनो अंकको सुधार देखिदा आज ५३.१० अंकले नेप्से बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन शुन्य दशमलव ०८ अंकले बढेको शेयर बजार आज ५३ अंक अर्थात् १.९७ प्रतिशतले बढेर २७५४.२८ विन्दुमा पुगेको छ । सोही अंकको बृद्धि भएतापनि आज कारोबार भने खासै सन्तोषजनक देखिएको छैन ।

आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहको १८७ रुपैयाँ र हाइड्रोपावर समूहको १३८ रुपैयाँ १२ पैसाले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*