नेप्सेमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३ फाल्गुन २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । साताको अघिल्लो दुई दिनसम्म खासै सुधार नआएको पूँजी बजारमा आज एकाएक बढेर हरियाली छाएको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा आज ५० अंकको सुधार आएतापनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन । अघिल्लो दिनहरुमा ५ अर्बमाथिको कारोबार हुने गरेकोमा आज ३ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १८ करोड ५३ लाख, एनटिसीको १८ करोड २१ लाख, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५३ लाख र जीवन विकास लघुवित्तको १३ करोड २८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*