जोशी हाइड्रोपावरको स्थगित साधारण सभा फागुन ११ गते बस्दै

३ फाल्गुन २०७८, मंगलवार १२:०८

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित वार्षिक साधारण सभा फागुन ११ गतेका लागि तय गरेको छ । फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा बिहान ११ः३० बजे लिसारा हल नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले माघ ३ गते बोलाएको आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको छ । साथै उक्त सभाले संस्थापक शेयरधनीहरु तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना गरी जम्मा ५ जना संचालन नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि समेत रहेको छ ।

साधारण सभा प्रयोजन लाभांश वितरणका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*