शेयर बजारमा सामान्य सुधार आँउदा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२ फाल्गुन २०७८, सोमबार १५:२४

काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ ।

आज झिनो अकंले नेप्से वृद्धि हुदाँ कारोबार ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा सिमित भएको छ । कारोबार घट्दा आज सर्वाधिक गुमाउने कम्पनीको मैलुङ खोला जलविद्युत रहेको छ । कम्पनीको आज ३.८५ प्रतिशतले घटेको हो ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २.४९ प्रतिशत, नेपाल इन्स्योरेन्सको २ं.१८ प्रतिशत, एनआइबिएल समृद्धि फण्डको २.११ प्रतिशत, सनराइज ब्लाच फण्डको २.०७ प्रतिशत र ग्लोबल आइएमई बैंक डिबेञ्चरको २ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*