आज हाईड्रोपावर र लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

२ फाल्गुन २०७८, सोमबार १५:२२

काठमाडौं । नेप्से आज झिनो अकंले बढेको छ । साताको पहिलो दिन भारी अकंले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन भने ०.०८ अकंले बढेको हो । आज पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से झिनो अकंले वृद्धि हुदाँ कारोबार समेत साढे ३ अर्बमा सिमित भएको छ । सोमबार सर्वाधिक कमाउने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रो पावर रहेको छ । कम्पनीको शेयर आज ८.१३ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको ४.७२ प्रतिशत, नेशनल हाइड्रोपावरको ४.२८ प्रतिशत, किसान लघुवित्तको ३.६० प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ३.५५ प्रतिशत, कालिका लघुवित्तको २.५९ प्रतिशत, सप्तकोशी डेभलपमेण्टको २.५६ प्रतिशत, ङादी गु्रप पावरको २.४८ प्रतिशत र माउटेन हाइड्रो नेपालको २.३६ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*