दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे २० अर्ब माथि, नेपाल लाइफको अग्रता कायमै

२ फाल्गुन २०७८, सोमबार १५:०८

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा साढे २० अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब १४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Rs ( lakhs)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*