नागरिक लगानी कोषको खुद नाफा ३८ करोड ९४ लाख

२ फाल्गुन २०७८, सोमबार १४:२६

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा २०.७३ प्रतिशतले बढेर ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले ब्याज आम्दानी तथा सेवा शुल्क आम्दानी बढ्दा खुद नाफामा समेत सुधार आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको ब्याज आम्दानी ७ करोड ६५ लाख रुपैयाँबाट बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सेवा शुल्क तथा कमिसन आम्दानी ४९ करोड ११ लाख रुपैयाँबाट बढेर ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा पनि बढेर १९ अर्ब ६२ करोड रुपैयाँ र कोषको शेयर पूँजी ९९.३१ प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी १२ रुपैयाँले घटेर २४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँबाट घटेर १६४ रुपैयाँमा सिमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*