ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस शेयर सूचिकृत
२ फाल्गुन २०७८, सोमबार १२:३१
काठमाडौं । नेप्सेमा आज ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४।५ प्रतिशत नगद सहित कुल १५।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।त्यस्तै, नेपाल ल्युब आयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।