युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ गते, बुक क्लोज कहिले ?

२ फाल्गुन २०७८, सोमबार १२:२५

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालन पदको निर्वाचन गर्ने प्रस्ताव समेत कार्य सूचिमा राखेको छ ।
साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*