युनिक नेपाल लघुवित्तको खुद नाफा १११ प्रतिशतले वृद्धि, अधिकांश सुचकमा सुधार

२ फाल्गुन २०७८, सोमबार ११:५९

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आर्कषक सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा १११ प्रतिशतले बढेर ७ करोड २० लाख रुपैयाँ कमाएको छ । गत वर्ष भने यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४१ करोड रुपैयाँमा सिमित रहेको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा खुद नाफा आकाशिएको देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी १३.३८ प्रतिशतले बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीको संचालन नाफा ५ करोड ४१ लाख रुपैयाँबााट बढेर ८ करोड १४ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब १९ करोड रुपैयाँ र कर्जा लगानी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको खराब कर्जा घटेर ४.९८ प्रतिशत भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ११ करोड रुपैयाँ रहेको छ । युनिक नेपाल घोडाघोडा लघुवित्तसँग मर्ज भएर पुस ३० गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*