सुनचाँदी दुवैको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

२ फाल्गुन २०७८, सोमबार ११:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सो मुल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*