दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको व्यवसाय बृद्धि कायमै, बीमा कोषमा अर्बमाथि संचिती

१ फाल्गुन २०७८, आईतवार १८:५२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेका छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको मुनाफा केही घटेपनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ ।

कम्पनीको बीमा कोष १०.६० प्रतिशतले बृद्धि भएको छ । गत आवमा ९७ करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको चालु आवको दोस्रो त्रैमाससम्ममा बीमा कोषमा एक अर्ब सात करोड ६४ लाख ९३ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष, तथा महाविपत्ति कोष सहित समग्र कोषको आकार एक अर्ब ४९ करोड ३७ लाख १५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । बीमा कम्पनीको बलियोपनाको लागि बीमा कोष निकै महत्वपूर्ण हुन्छ ।

चालु आवको छ महिने अवधीमा कम्पनीको चुक्ता पुँजि १७.७० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चुक्ता पुँजि बृद्धिसँगै कम्पनीको जोखिम धारणा क्षमता समेत बृद्धि हुने हुँदा आगामी दिनमा थप बीमा व्यवसाय ग्रहण गर्न सक्षम बनेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी २२.६२ प्रतिशतले घटेर ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी भने ८.४४ प्रतिशतले बृद्धि भई एक अर्ब २० करोड चार लाख ४२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि हुने र खुद बीमा शुल्क घट्नुले कम्पनीले कम जोखिम धारण गरेका कारण थप सुरक्षित बनेको देखिएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ११.१४ प्रतिशतले बृद्धि भई २३ करोड ७० लाख पुगेको छ । अघिल्लो आवमा यस्तो रकम २१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीले कर्जा लगानी, तथा अन्यबाट प्राप्त आय ३१.५२ प्रतिशतले घटेको छ । गत आवमा १५ करोड ७३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा त्यस्तो आम्दानी १० करोड ७७ लाख ४७ हजार रुपैयाँमा झरेको देखिएको छ ।

कम्पनीको व्यवस्थापन खर्च ४१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १० करोड ८८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा १५ करोड ३९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीको खुद मुनाफा ३३.१५ प्रतिशतले घटेको छ । गत आवमा १५ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीमा हाल जारी पोलिसी संख्या सामान्य बृद्धि भई एक लाख १४ हजार ६५१ रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ७६.२४ प्रतिशतले बृद्धि भई एक अर्ब ७३ करोड २९ लाख ६३ हजार पुगेको छ । गत आवमा यस्तो रकम ९८ करोड थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १७.०७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५८.१७, प्रतिशेयर नेटवर्थ २२३.८६ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५२.३४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*