सप्तकोशी डेभलपमेण्ट बैंकको कामु सिइओमा पोखरेल नियुक्त
१ फाल्गुन २०७८, आईतवार १८:२१
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेललाई नियुक्त गरेको छ ।
माघ २८ गते बसेको संचालक समितिको बैंठकले अर्का ब्यवस्था नभएसम्मका लागि बेंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सिइओ नियुक्त गरेको हो । उनले आजै (फागुन १ गते) देखि लागु हुने गरी जिम्मेवारी समालेका छन् ।