कति बजे हेर्न मिल्छ जाल्पा लघुवित्तको आइपीओ ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । पाँच दिनमै आइपीओ बाँडफाँड गरेको आइपीओको नतिजा बाँडफाँड भएको आधा घण्टामा हेर्न मिल्ने कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७,०९,८५५ वटा आवेदनहरुबाट ३,३१,४७,१५० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १,१८,१५३ जना आवेदकहरुबाट २४,३०,३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५,९१,७०२ जना आवेदकहरुबाट प्राप्त ३,०७,१६,८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यियरीङ्ग लिमिटेडबाट ४८,०४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई रुजु गर्दा ४,२९० जना आवेदकहरुबाट प्राप्त ५०,६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५,८७,४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३,०६,६६,१९० कित्ता सेयर मध्येबाट ४८,७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गते देखि २५ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५,२२,००० कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६,१०० कित्ता तथा कर्मचारीहरुलाई ८,००० कित्ता छुट्याई बाँकी रहेको ४,८७,९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट जततउकस्ररचभकगतिक।उचबदजगअबउष्तब।िअयm र तथा सिडिएससिको वेवसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउ बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।