आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१ फाल्गुन २०७८, आईतवार १५:२७
काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएको छ ।
नेप्से राताम्य भइ कारोबार करिब ६ अर्बमा सिमित हुदाँ अधिकांश कम्पनीको शेयरमा गिरावट आएको छ । आज सर्वाधिक कारोबार भएको अपर तामाकोशीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् कम्पनीको शेयर आज ८.३७ प्रतिशतले घटेको हो ।
त्यस्तै, नारायणी डेभलपमेण्ट बैंकको ८.२६ प्रतिशत, शिब श्रि हाईड्रोपावरको ७.७५ प्रतिशत, विन नेपाल लघुवित्तको ७.५९ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ७.५२ प्रतिशत र कर्पोरेट डेभलपमेण्ट बैंक ७.२९ प्रतिशतले घटेको हो ।