नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१ फाल्गुन २०७८, आईतवार १५:२३

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी अकंले गिरावट आएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँको कारोबार भएकोा छ ।
आज अपर तामाकोशीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३२ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, अरुण भ्याली, निफ्रा, नेशनल हाईड्रोपावर, अपी पावर, नेपाल टेलिकम, एचआईडिसिएल, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र हिमालयन डिष्टीलरीको सर्वाधिक शेयर कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*