युनाइटेड इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचकमा देखियो सुधार

१ फाल्गुन २०७८, आईतवार १४:४४

काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा र अन्य सूचांकमा उत्साहजनक सुधार भएको छ।

कम्पनीले यस त्रैमाससम्मा ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको मुनाफा ११९ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६८ प्रतिशतले वृद्धि भएर ४४ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ, यस अवधिमा कम्पनीको बीमा कोषमा ३८ करोड ४ लाख रुपैयाँ र जगेडा कोषमा १५ करोड ८० लाख रुपैयाँ रकम संचिती रहेको छ। कम्पनीको महाविपत्ति कोषको आकार भने घटेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८४ पैसा, प्रति शेयर नेटवर्थ १५२ रुपैयाँ ६६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*