एलआइसी नेपालद्धारा ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट

१ फाल्गुन २०७८, आईतवार १३:३८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशअन लिमिटेड (एलआइसी) ले ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ ।

बीमितहरुको हितलाई ध्यानमा राख्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेखरु पुनर्जागरण गरेमा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो ।

उक्त बीमालेख पुनर्जागरण अवधि २ महिना (फागुन १ गतेदेखि चैत २० गते) का लागि हुने र बिलम्ब शुल्कमा ३५५ वा ३५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदान गरिनेछ ।
साथै, सन् २०२२ र २०२३ मा परिपक्को हुने बीमालेखरुमा यो छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*