सुन तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

१ फाल्गुन २०७८, आईतवार १२:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*