सिटिजन्स बैंकद्धारा पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह

१ फाल्गुन २०७८, आईतवार ११:४४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वषै २०७२।०७३ को लिन बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

उक्त नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल बाटुलेघर डिल्लीबजार काठमाडौंमा आवश्यक कागजात संकलन गरी सम्पर्क राख्न सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारका रुपमा सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*