छोरीको अन्न प्राशनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

१ फाल्गुन २०७८, आईतवार ११:३०

काठमाडौं । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

यसै क्रममा शुभ अन्न प्राशनको अवसर पारी भरतपुर १६, चितवन निवासी आफ्नो छोरी प्रतिक्षा राना मगरको रिलायबल लाइफ इन्स्योरेन्समा बाल सुलभ जीवन बीमा दिएको छ ।प्रकाश रानामगर तथा काशीमाया रानामगरले छोरीका भावि जीवनको सुरक्षणको लागि १० लाखको जीवन बीमा पोलिसी दिएको हो ।

बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड हाकिमचोक शाखाका प्रमुख राज कुमार दाहाल र सिनियर एजेन्सी मेनेजर तारा कुमालबाट बीमा पोलिसी हस्तान्तर गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*