दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि

२९ माघ २०७८, शनिबार २१:३८

काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत सफलता हासिल गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोष १०३.७९ प्रतिशतले बृद्धि गरी चार अर्ब ८८ करोड ७१ लाख ३२ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले गत आवमा दुई अर्ब ३९ करोड ८१ लाख ६९ हजार रुपैयाँ जम्मा गरेको थियो । सिजिजन लाइफको समग्र कोषको आकार ८१ प्रतिशतले बृद्धि भई पाँच अर्ब ७७ करोड ७६ लाख ९६ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि भई दुई अर्ब २७ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा यस्तो आय एक अर्ब ३७ करोड रुपैयाँ थियो ।

कम्पनीको खुद बीमा दावी भुक्तानी २३ करोड ८५ लाख ५९ हजारबाट बढेर ५० करोड ३३ लाख ४३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको आम्दानी २३ करोड ८५ लाखबाट ४२ प्रतिशतले बृद्धि भई ३घ करोड २५ लाख ८४ हजार पुगेको छ । त्यस्तै व्यवस्थापन खर्च ३६.९८ प्रतिशतले बृद्धि भएको देखिएको छ । समीक्षा अवधीमा ३७ करोड ३६ लाख ६३ हजार रुपैयाँ व्यवस्थापन खर्च भएको छ ।

 

कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत ४१ करोड ८६ लाख ६५ हजार रुपैयाँ वितरण गरेको छ । गत आवमा कम्पनीले २६ करोड १९ लाख १० हजार रुपैयाँ वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा यथास्थितिमै छ । चालु आवको छ महिनामा ११ करोड दुई लाख ८० हजार रुपैयाँ मुनाफा गरेको छ । समीक्षा अवधीमा कम्पनीको दुई लाख २१ हजार ६९२ वटा बीमा पोलिसीहरु कायम रहेका छन् ।

समग्रमा कम्पनीले उल्लेख्य प्रगति गरेको वित्तिय विवरणमा झल्किएको छ । प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने तयारीमा रहेको कम्पनीको वित्तिय विवरणमा मुनाफा सहितका सूचांकहरुमा प्रगति देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*