२५ करोडमा लघुबीमाको लाइसेन्स डिल हुँदै, अर्थमन्त्रीेको नाममा रकम संकलन

२८ माघ २०७८, शुक्रबार २२:१५

काठमाडौं । बीमा समितिबाट वितरण हुने लाइसेन्सको नाममा ठूलो चलखेल भएपछि अर्थमन्त्रालयले बीमा कम्पनीहरुको नयाँ लाईसेन्सको च्याप्टर क्लोज गरिसकेको छ । तर, नयाँ लघु बीमाको लाईसेन्स लिन भन्दै अर्थमन्त्री जनार्दन शर्मा सहितको नाममा करोडौं रुपैया संकलन भइरहेको छ । अर्थमन्त्रालयले नयाँ लाईसेन्सको च्याप्टर क्लोज गरेको छ तर बीमा समितिले भने नयाँ लाईसेन्स वितरण गर्ने भन्दै हल्ला गरिरहेको छ । दलालहरुसँगको सेटिङमा नयाँ लाईसेन्स वितरण हुन लागेको चाल पाएपछि अर्थ मन्त्रालय चनाखो बनेको हो ।

सात प्रदेशमा दुई-दुई वटाका दरले १४ वटा लघु बीमा कम्पनीलाई लाईसेन्सका लागि २५ देखि २८ करोड रुपैयाँको डिल भइरहेको बुझिएको छ । लाईसेन्स पाएपछि लघुबीमा कम्पनीको शेयर कम्तीमा १००० पुग्ने भएकोले १०० रुपैयाँ पर्ने शेयरको बढि रकम उठाउने काम भइरहेको छ ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार दलालहरुको एउटा समुहले अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी तथा बीमा समितिमा मिलाउनु पर्ने भन्दै प्रति कम्पनी दुई करोड रुपैयाँ रकम संकलन भइरहेको छ । सो गिरोहले अर्थमन्त्री जनार्दन शर्मा समेतको नाम मुछेर रकम संकलन गरिरहेको सूचना प्राप्त भएको छ ।

बीमा समितिले गत वर्ष गठन गरेको लघु बीमा कम्पनीहरुको अवस्था र नयाँ लाईसेन्स सिफारिस गर्न गठन गरेको कार्यदलले नयाँ लाईसेन्स आवश्यक रहेको सिफारिस गरिसकेको छ । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, बीमा समितिकै कर्मचारीहरु सदस्य रहेको सो कार्यदलको नाममा समेत केही रकम उठाएर वितरण गरिएको स्रोतको दावी छ ।

लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको घाँडो पन्छिने भन्दै सबै बीमा कम्पनीहरुले लघु बीमा कम्पनी स्थापना गर्न बीमा समितिमा लविङ गर्दै आएका थिए । सोही मौकाको फाइदा उठाउँदै बीमा समितिलाई प्रयोग गरेर दलालहरुको एउटा समुहले अर्थमन्त्रीलाई समेत बद्नाम गर्दै रकम उठाइरहेको हो ।

मार्केट अर्थमन्त्रीको बद्नाम हुने गरी गतिविधि भइरहेको चाल पाएपछि अर्थमन्त्रालय नयाँ बीमा कम्पनीको लाईसेन्स सम्बन्धी च्याप्टर क्लोज गरिदिएको स्रोतको दावी छ । बीमापोष्टलाई अर्थमन्त्रालयका उच्च स्रोतले दिएको जानकारी अनुसार लघु बीमा कम्पनीलाई लाईसेन्सको नाममा रकम उठाइरुहेको सूचना अर्थमन्त्रालय पुगेपछि त्यसलाई रोक्न यस्तो निर्णय लिइएको जनाइएको छ ।

यसअघि बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिएको थियो । हाल सो प्रक्रिया समेत रोकिएको छ । विष्णु पौडेलले नियुक्त गरेका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राम्रो काम भन्दा पनि सेटिङको काममा चासो राखेपछि अर्थमन्त्रालय आजित बन्दै गएको छ । नयाँ लाईसेन्स वितरणमा पनि प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर ठूलो सेटिङ गरेपछि रोक्ने निर्णय गरिएको हो ।

 

नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज, पैसा उठाएका माफियाहरु तनावमा

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*