ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने

२९ माघ २०७८, शनिबार १०:००

काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना फागुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु। २०० सम्म क्यासब्याक पाउने छन्।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*