इमर्जिङ नेपालको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४० गुणाले ओभरसब्सक्राइब्ड

२८ माघ २०७८, शुक्रबार १८:५७

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४०।५८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म इमर्जिङ नेपालको आईपीओमा १८ लाख २ हजार १८२ आवेदकबाट कुल २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४०।५८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले सेयर पाउनेछन् भने तिनैमध्ये ८ आवेदकले थप १/१ कित्ता सेयर पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*