एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

२९ माघ २०७८, शनिबार ०७:३०

कठमाडौं । एलआईसी नेपाल र नेशनल लाइफ दुई वटा जीवन बीमा कम्पनी नेपाल लाइफ पछिका दुई प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरु हुन् । एलआईसी नेपाल नेशनल लाइफको तुलनामा निकै ठूलो र फराकिलो बीमा व्यवसाय गर्दै आएको भएपनि पछिल्लो समय नेशनल लाइफको बृद्धिदरले एलआईसी लाईफलाई चुनौति दिइरहेको छ । नेप्सेमा सूचिकृत दुवै कम्पनीले बीमाको दीगो विकासलाई जोड दिइरहेका छन् ।

दुई प्रतिस्पर्धी कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । दोस्रो त्रैमासमा प्रकाशित वित्तिय विवरणको आधारमा गरिएको तुलना हेरौं ।

जीवन बीमा कोष
जीवन बीमा कोषको आधारमा नेशनल लाइफसँग तुलना गर्दा एलआईसी नेपाल अगाडि रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ८६ अर्ब ४९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ रकम संचिति रहेको छ । जीवन बीमा कोष बीमा कम्पनीहरुको लागि महत्वपूर्ण हुन्छ ।

जगेडा कोष
जगेडा कोषमा एलआईसी नै अग्रस्थानमा रहेको छ । एलआईसी नेपालको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रकम संचिती रहेको छ ।
त्यस्तै, नेशनल लाइफको जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ रकम संचिति रहेको छ ।

खुद बीमा शुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा एलआईसी नेपाल नै अगाडि रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले दोस्रो त्रैमासको अवधिसम्ममा ६ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । खुद बीमा शुल्कले कम्पनीको व्यवसायको फराकिलोपना दर्शाउछ ।


खुद दाबी भुक्तानीको आधारमा
खुद दाबी भुक्तानीको आधारमा एलआईसी नेपाल नै अगाडि रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, नेशनल लाइफले २ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । खुद दावी भुक्तानी औषतभन्दा बढि बृद्धि हुनु राम्रो होइन ।

अभिकर्ता कमिशनको आधारमा
अभिकर्ता कमिशनको आधारमा एलआईसी नेपाल नै अगाडि रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा अभिकर्ताहरुलाई कमिशन वापत ९१ करोड ९६ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।

त्यस्तै, नेशनल लाइफले यस त्रैमासको अवधिसम्ममा ७५ करोड ४१ लाख रुपैयाँ रकम अभिकर्ता कमिशनमा खर्चिएको छ । यद्यपि एलआईसी नेपालको अभिकर्ता कमिशन घटेको छ भने नेशनल लाइफको बढेको छ ।

खुद नाफा
सबै वित्तिय सूचकमा अगाडि भएपनि खुद नाफामा नेशनल लाइफ अगाडि रहेको छ । नेशनल लाइफले यस त्रैमासको अवधिसम्ममा १४ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

एलआईसी नेपालले यस त्रैमासको अवधिसम्ममा ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बीमा कम्पनीको खुद नाफा बीमाङ्कीय मूल्याङ्कनपछि हेरफेर हुनसक्नेछ ।

हालसम्म कायम पोलिसी सङख्या
हाल कायम पोलिसी सङख्याको आधारमा नेशनल लाइफ अगाडि रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० लाख ८२ हजार वटा बीमा पोलिसी कायम भएको छ ।

त्यस्तै, एलआईसी नेपालले यस त्रैमासको अवधिसम्ममा ६ लाख ९५ हजार वटा बीमा पोलिसी कायम गरेको तथ्याङ्कले देखाएको छ ।

प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानीमा नेशनल लाइफ अगाडि देखिएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५० पैसा रहेको छ । एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थको आधारमा एलआईसी नेपाल अगाडि रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७१। ३२ रहेको छ ।
त्यस्तै, नेशनल लाइफको प्रतिशेयर नेटवर्थ १३९।०६ रहेको छ ।

यसअघि भुलवश अन्यथा तथ्याङ्कहरु पर्न गएकोमा क्षमायाचनासहित संशोधन गरिएको छ । –सम्पादक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*