आइपीओ निष्काशनको तयारीमा रहेको अभियान लघुवित्त नाफा १ करोड माथि

२८ माघ २०७८, शुक्रबार १७:२२

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत वर्ष यसै अवधिसम्ममा कम्पनी १० लाख ३७ रुपैयाँ नोक्सानमा रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा बढेर १ करोड ३८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत आकर्षक सुधार देखिदा खुद नाफा समेत आकाशिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको खुद ब्याज आम्दानी २११.७७ प्रतिशतले बढेर ५ करोड ४३ लाख ८९ हजार रुपैयाँ र संचालन नाफा १९२४.८८ प्रतिशतले बढेर २ करोड २० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको सापटी १ अर्ब ७३ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ भने रिर्जभमा २ करोड २० लाख ६० हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

साथै कम्पनी साधारण शेयर (आइपीओं) निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले हालसम्म धितोपत्र बोर्डमा आइपीओ निष्काशनको लागि निवेदन नदिएतापनि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

आवश्यक प्रक्रिया पुरागरेपछि बोर्डमा शेयर निष्काशनको लागि निवेदन दिई कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*