थप १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

२८ माघ २०७८, शुक्रबार १७:१३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य मन्त्रालयका अनुसार आज १७ हजार ४४७ जनामा पीसीआर परीक्षण गर्दा ६६६ जनामा र ३ हजार ५४२ जनामा एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ४४१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*