वाणिज्य बैंकहरूले तोडे ब्याजदर नबढाउने सहमति, फागुनदेखि ब्याजदर बढाउने तयारीमा

२८ माघ २०७८, शुक्रबार १४:५०

काठमाडौं । नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएको छ ।फागुन महिनादेखि लागू हुने निक्षेपको ब्याजदर बढाउनका लागि राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिइएको हो ।

बैंकहरूले मुद्दतीमा व्यक्तिगततर्फ ११।०३ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दु कम १०।०३ प्रतिशत ब्याजदर पुर्याउने निर्णय गरेका छन् । यसअघि व्यक्तिगत निक्षेपको ब्याजदर १०।०३ प्रतिशत रहेको थियो ।

बढ्दो आयातले शोधनान्तरस्थितिको घाटा बढ्दै गएपछि राष्ट्र बैंकले बैंकरवित्तीय संस्थाले गरेको भद्र सहमति तोड्न अनौपचारिक रूपमा आग्रह गरेको एक बैंकर्सले बताए । राष्ट्र बैंकको पछिल्लो निर्देशननुसार बैंकरवित्तीय संस्थाले समग्र प्रणालीको औसत ब्याजदरको १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*