खुद ब्याज आम्दानी बढेपनि उन्नति सहकार्य लघुवित्तको नाफामा ४१ प्रतिशतको गिरावट

२८ माघ २०७८, शुक्रबार १४:२०

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ४१.९२ प्रतिशतले घटेर २ करोड ७४ लाख ३६ हजार रुपैयाँमा सिमित भएको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्दा खुद नाफा खुम्चिन पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी १८.२३ प्रतिशतले बढेर १२ करोड १५ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा घटेको छ । संचालन नाफा ३४.६७ प्रतिशतले घटेर ४ करोड ३५ लाख ४९ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको कर्जा लगानी ३ अर्ब २१ करोड ८३ लाख ११ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको छ ।

हालसम्ममा कम्पनीको चुक्तापूँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ५९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*