विद्युत बिक्री आम्दानी बढ्दा तेह्रथुम पावरको खुद नाफा २ करोड ७९ लाख रुपैयाँ

२८ माघ २०७८, शुक्रबार १४:१५

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आर्कषक सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा २ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ७१ लाख रुपैयाँमा सिमित रहेको थियो । विद्युत बिक्री आम्दानी बढ्दा खुद नाफामा समेत सुधार आएको देखिन्छ ।

गत आर्थिक वर्षको यस अवधिमा ४ करोड २ लाख रुपैयाँ बिद्युत बिक्रीमा आम्दानी रहेकोमा यो चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आउदा कम्पनीको बिद्युत बिक्री आम्दानी ११४.७४ प्रतिशतले बढेर ८ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको रिजर्भ कोषमा ८ करोड १ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी ९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*