दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको प्रगति, झण्डै आधा खर्बको जीवन बीमा कोष, २४% ले बढ्यो बीमा शुल्क

२८ माघ २०७८, शुक्रबार १३:५७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै अब्बल कम्पनीको रुपमा आफूलाई कायमै राख्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्सले झण्डै आधा खर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीले ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार ७१७ रुपैयाँ जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले जगेडा कोष नै एक अर्ब १ करोड रुपैयाँको खडा गरेको छ भने महाविपत्ति कोष सहित कूल कोषको आकार ४८ अर्ब ५३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

कम्पनीले खुद बीमा शुल्क आम्दानी २४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा जम्मा पाँच अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा छ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ५५.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब ६४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ५६ करोड ८७ लाख ४१२ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले बीमालेख धितो, लगानी, कर्जा अन्यबाट प्राप्त आम्दानी १७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा एक अर्ब ८७ करोड २४ लाख १० हजार २७५ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिना अवधीमा दुई अर्ब १९ करोड ४५ लाख दुई हजार ४३३ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्तालाई ७५ करोड ४१ लाख ३८ हजार ४९५ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । गत आवको तुलनामा २३ प्रतिशतले बढि हो । कम्पनीको खुद नाफा १४ करोड ४१ लाख ८६ हजार २७ रुपैयाँ छ । मुनाफा गत आवको तुलनामा ३९ प्रतिशतले घटेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीमा बीमा पोलिसी संख्या पनि २० प्रतिशतले बृद्धि गरी १० लाख ८२ हजार ४७६ पुर्याउन सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ, पिईअनुपात १३०.२४ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६२३.१९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*