एभरेष्ट इन्स्योरेन्सको व्यवसाय फैलदै, बीमा शुल्क आम्दानी २२% ले बढ्दा अन्य सूचांक कस्तो ?

२८ माघ २०७८, शुक्रबार १२:२४

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चाुल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्ममा अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एभेरेष्ट इन्स्योरेन्सले आफ्नो बीमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । यस अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क ४३ प्रतिशतले बढेर २७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले १९ करोड ४० लाख रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ८ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने एभरेष्ट इन्स्योरेन्सले चालु आवको पुष मसान्तसम्ममा कोषहरुको आकार समेत बढाउन सफल भएको छ ।

बीमाकोषको आकार २५ प्रतिशतले बढेर ४५ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषको आकार ३२.६२ प्रतिशतले बढेर ४१ करोड ३३ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा एभरेष्ट इन्स्योरेन्सको लगानी, कर्जा अन्यबाट प्राप्त आय भने सामान्य घट्न पुगेको छ । यस अवधिसम्ममा यस्तो आय १.३८ प्रतिशतले घटेर ८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, व्यवस्थापन खर्च समेत यस अवधिमा बढ्न पुगेको छ । यस्तो खर्च कम्पनीको १३.२९ प्रतिशतले बढेर ९ करोड ८४ लाख ४१ हजार रुपैयाँ पुगेको छ, जसले गर्दा कम्पनीको बीमा शुल्क, कोषहरुमा राम्रै प्रगति भएतापनि खुद नाफामा सामान्य गिरावट आाएको हो ।

कम्पनीको खुद नाफा गत आवको पुष मसान्तसम्मको तुलनामा ३६.६७ प्रतिशतले घटेर ३ करोड २० लाख रुपैयाँमा कायम भएको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ५ लाख रुपैयाँ माथि रहेको थियो ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ३६.९८ प्रतिशतले बढेको छ भने कुल बीमा शुल्क आम्दानी २२.३९ प्रतिशतले बढेको छ । त्यस्तै, जारी बीमा पोलिसी संख्या १५.४१ प्रतिशतले बढेर ६४ हजार १६९ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एभरेष्ट इन्स्योरेन्सको बीमा ब्यवसायमा उत्कृष्ट सुधार हुँदै गएको देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०.१४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७३.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७२.४८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*