दोस्रो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आम्दानी बढ्यो, अन्य सूचांक कस्तो ?

२८ माघ २०७८, शुक्रबार १०:३८

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानीमा बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कूल बीमा शुल्क आम्दानी ३.०६ प्रतिशतले बृद्धि भएको छ । यद्यपि अन्य सबै सूचांकमा कम्पनीको अवस्था बिग्रेको छ ।

कम्पनीले चालु आवको छ महिने अवधीमा ६७ करोड नौ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोछ । गत आवमा कम्पनीले जम्मा ६५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी भने १९.८९ प्रतिशतले घटेर २६ करोड छ लाखमा सीमित हुन पुगेको छ ।

कम्पनीको समग्र कोषको आकार ८.४५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा दुई अर्ब ६१ करोड रहेको कम्पनीको बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषको आकार यस वर्ष बढेर दुई अर्ब ८३ करोड १३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानीबाट प्राप्त आम्दानी ४.७५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले कर्जा, लगानी तथा अन्य आय बापत १० करोड ४० लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा यस्तो आम्दानी नौ करोड ९३ लाख रुपैयाँ थियो ।

कम्पनीको व्यवस्थापन खर्च नौ करोड ५७ लाखबाट बढेर १० करोड ८७ लाख पुगेको छ । जसका कारण मुनाफा ३.७६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको छ महिनाको अवधीसम्ममा सात करोड सात लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा सात करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले छ महिनाको अवधीसम्ममा जारी पोलिसी संख्या ७३ हजार १५६ वटा रहेको छ । अघिल्लो आवमा यसतो पोलिसी ८० हजार ८८१ वटा थियो । कम्पनीको बक्यौता दावी भुक्तानी रकम ३०.४५ प्रतिशतले बढेर ४७ करोड १४ लाख पुगेको छ ।

समीक्षा अवधीमा प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ, पिईअनुपात ५८.३३, प्रतिशेयर नेटवर्थ १८०.६८ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६७.६५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*