हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क ६९% ले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

२८ माघ २०७८, शुक्रबार १०:०७

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरणअनुसार कुल बीमा शुल्क आम्दानीमा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले गत आवको पुष मसान्तसम्ममा ४९ करोड ९४ लाख रुपैयाँ बीमा ब्यवसाय गरेकोमा यस आवको पुष मसान्तसम्ममा ६९.५४ प्रतिशतले बढेर ८४ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

आज प्रकाशित वित्तीय विवरणअनुसार हिमानलयन जनरल इन्स्योरेन्सले बीमा कोषको आकार ८.८३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार बढेर ६४ करोड ३० लाख रुपैयाँ संचित रहेको छ।

त्यस्तै, कम्पनीको चालु आवको पुस मसान्तसम्ममा जगेडा कोष र महाविपत्ती कोषको आकार भने घट्न पुगेको छ । यस अवधिसम्ममा हिमालयन जनरल इन्स्योरेन्सको जगेडा कोषको आकार २६ प्रतिशतले घटेर २० करोड २१ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ६२ प्रतिशतले घटेर १९ करोडमा सीमित हुन पुगेको छ ।

समिक्षा अवधिसम्मा कम्पनीको लगानी, कर्जा अन्यबाट प्राप्त आय १८.४२ प्रतिशतले घटेर ७ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । गत आावको यसै अवधिसम्ममा कम्पनीको यस्तो आय ९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

आय घटेसँगै हिमालयन जनरल इन्स्योरेन्सको यस अवधिसम्ममा व्यवस्थापन खर्च समेत २५.६८ प्रतिशतले बृद्धि भई ९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च र लगानी, कर्जा अन्यबाट प्राप्त आयमा सुधार हुन नसक्दा कम्पनीको खुद नाफामा सामान्य गिरावट आएको हो ।

यस अवधिसम्ममा कम्पनीको खुद नाफा ५ करोड २२ लाख २० हजार रुपैयाँ रहेको छ । जुन गत आवको यसै अवधिसम्मको तुलनामा १४ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा कम्पनीको खुद नाफा ६ करोड ११ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

साथै उक्त वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा कम्पनीको खुद दावी भुुक्तानी ४४.७२ प्रतिशतले बढेको छ भने जारी बीमा पोलिसी संख्या २५.२३ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*