दोस्रो त्रैमासमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आम्दानी बृद्धि, अन्य सूचांक कस्तो ?

२८ माघ २०७८, शुक्रबार ०७:५५

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको बीमा व्यवसाय १६.२० प्रतिशतले बृद्धि भएको छ । यद्यपि कम्पनीको मुनाफा लगायतका सूचांकहरु भने खस्किएका छन् ।

आज प्रकाशित वित्तिय विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बीमा कोष, जगेडा कोषलगायतका कोषमा ८३ करोड ४७ लाख ८९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । गत वर्षको छ महिने अवधीको तुलनामा यस वर्ष १५.२८ प्रतिशतले समग्र कोषको आकार बृद्धि भएको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ३.४० प्रतिशतले बृद्धि भएको छ । गत आवमा ३६ करोड ३९ लाख रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिना अवधीमा ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ४०.२२ प्रतिशतले घटेको छ । गत आवमा १२ करोड २५ लाख ५५ हजार रुपैयाँ त्यस्तो आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा सात करोड ३२ लाख ६४ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च ४४ प्रतिशतले बृद्धि भई १२ करोड पुगेको छ । कम्पनीको बीमा व्यवसायमा राम्रै बृद्धि गर्न सफल भएको वित्तिय विवरणमा झल्किएको छ । कम्पनीको कूल बीमा शुल्क ८२ करोड ६६ लाख रुपैयाँ छ । गत आवमा कम्पनीको कूल बीमा शुल्क आम्दानी ७१ करोड १३ लाख ६४ हजार थियो ।

कम्पनीको खुद नाफा १९ प्रतिशतले घटेको छ । गत आवमा १५ करोड रुपैयाँ खुद नाफा आम्दानी गरेको कम्पनीले चालु आवको छ महिने समीक्षा अवधीमा १२ करोड १३ लाखमा झरेको छ ।

कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या ६५ हजार ४८२ छ । कम्पनीको बक्यौता दावी भुक्तानी ६१ करोडबाट बढेर एक अर्ब २० करोड १९ लाख पुगेको छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २०.९७ रुपैयाँ, पिईअनुपात ५४.४२, प्रतिशेयर नेटवर्थ १७२.११ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६५.५४ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*