नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज, पैसा उठाएका माफियाहरु तनावमा

२७ माघ २०७८, बिहीबार २२:२३

काठमाडौं । अर्थमन्त्रालयले नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज गरेको छ । मन्त्रालय स्रोतका अनुसार बीमा समितिमार्फत निर्जिवन तथा जीवन बीमा कुनैको पनि नयाँ लाईसेन्स वितरण नगर्ने निष्कर्ष निकालिएको छ ।

अर्थले तत्काल देशमा नयाँ लाईसेन्स आवश्यक नभएको निष्कर्ष सहित लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज गरेको सूत्रले जनाएको छ । बीमा समितिमा १५ वटा भन्दा बढि बीमा कम्पनीहरुले नयाँ लाईसेन्सका लागि आवेदन दर्ता गराएका थिए । अब कसैले पनि लाईसेन्स नपाउने भएका छन् ।

माफियाको सेटिङमा सजिलो निकाय बीमा समितिले भने नयाँ लाईसेन्सको लागि सेटिङ अनुसार काम अघि बढाउने तयारी गरिसकेको छ । यद्यपि अर्थले नमानेपछि अब लाईसेन्स सम्बन्धी सबै प्रक्रिया रोकिनेछ ।

अर्थमन्त्रालयले नयाँ लाईसेन्स वितरण नगर्ने निर्णय गरेसँगै बीमा समितिलाई आर्थिक तथा राजनीतिक प्रभाव पारेर करिब २० वटा नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने माफियाहरुको प्रस्ताव अलपत्र परेको छ । नयाँ लाईसेन्स रोकिएसँगै लगानीकर्तालाई लाईसेन्स दिन्छु भन्दै रकम उठाएकाहरु तनावमा परेका छन् । बीमा कम्पनी दर्ता गरिदिने भन्दै ठेकेदारहरुले बाहिर बाहिर करोडौं रुपैयाँ संकलन गरिसकेका थिए ।

नयाँ लाईसेन्स वितरण नगर्ने निर्णयसँगै माफियाको अर्बौ सेटिङमा हुने लागेको कामको सेटिङ भत्किन पुगेको छ भने अर्थमन्त्री जनार्दन शर्मा समेत विवादमा पर्नबाट जोगिने भएका छन् । नयाँ लाईसेन्स दिएको भए विगतमा झै अर्बौ रुपैयाँ भष्टाचार भई सिंगो अर्थमन्त्रालयको टिम विवादमा पर्ने अवस्था सिर्जना भइसकेको थियो । लाईसेन्सको च्याप्टर क्लोजभएसँगै रकम बुझाइसकेका लगानीकर्ताहरुको करोडौं रकम फसेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*